site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई वर्षदेखि घट्न थाल्यो पेट्रोलियम पदार्थको आयात

काठमाडौं । ७० को दशकयता निरन्तर बढिरहेको डिजेल र पेट्रोल आयात दुई वर्षयता घट्दो ‘ट्रेन्ड’मा छ ।

विभागका अनुसार, आर्थिक वर्ष २०७९/०८९ मा १४ लाख आठ हजार ४९४ किलोलिटर डिजेल र ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल आयात भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा आठ लाख ४३ हजार १७० किलोलिटर पेट्रोल र चार लाख ५९ हजार ५१ किलोलिटर पेट्रोल आयात भएको छ । 

अब, चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी छ । दुई वर्षको आयात हर्ने हो भने मात्र गिरावट देखिएको छ ।

Dabur Nepal
NIC Asia

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर आयात घट्नुको प्रमुख दुई कारण देखाउँछन् । उनका अनुसार, पहिलो कारण नेपालभन्दा भारतमा सस्तो हुनु र निर्माणमा देखिएको कमी कारणले डिजेल र पेट्रोलको आयातमा गिरावट आएको छ ।

नेपालमा भन्दा भारतमा डिजेल दुई रुपैयाँ सस्तो छ ।  उनका अनुसार, हामीकहाँ सस्तो हुँदा नाकासम्मका लागि तेल हालेर आउँथे, त्यसपछि नेपाल छिर्दा वीरगन्जमा फूल ट्यांकी गरेर काठमाडौं आउँथे । 

अनि फर्कदा वीरगन्जमा भारत छिर्दा पनि फूल ट्यांकी लिएर जाने गर्थे । जसले गर्दा खपत बढी हुन्थ्यो । उनले भने “तर, भारतमा सस्तो हुँदा ढुवानीको समयमा खपत हुने डिजेल र पेट्रोल ट्याङ्करहरूले भारतमै भरेर आउँछन् ।”

पूर्वाधार निर्माणका काम कम हुँदा र नयाँ काम नहुँदा डिजेल र पेट्रोल आयात घटेको निगमको प्रक्षेपण छ ।  साथै विद्युतीय सवारी साधन बढेसँगै आयात कम हुँदै गएको हो । भन्सार विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७१/०७२ आठ लाख ८६ हजार ५३३ किलोलिटर डिजेल र दुई लाख ८१ हजार ७७७ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७२/७३ मा भने डिजेल र पेट्रोलको आयात घटेको थियो । २०७२/७३ मा आठ लाख दुई हजार १२० किलोलिटर डिजेल र दुई  लाख ३८ हजार ६४१ पेट्रोल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यो वर्ष भूकम्प र नाकाबन्दीको कारण डिजेल र पेट्रोलको आयात घटेको निगमका प्रवक्ता ठाकुरले जानकारी । यस्तै, आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म डिजेल र पेट्रोलको आयात बढेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

आर्थिक वर्ष २०७३/०७४ मा डिजेल १३ ला ९९ हजार किलोलिटर र पेट्रोल चार लाख चार हजार ८३ किलोलिटर आयात भएकामा आर्थिक वर्ष २०७४/७५ मा डिजेल १६ लाख दुई हजार ९७४ र पेट्रोल चार लाख ८५ हजार ३३९ किलोटिर आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा १७ लाख १८ हजार  ९५५ किलोलिटर डिजेल आयात भएकामा पाँच लाख ६७ हजार २८८ किलोलिटर पेट्रोल आयात भएको थियो  । आर्थिक वर्ष २०७६/०७७ मा डिजेल र पेट्रोलमा आयातमा केही गिरावट आएको थियो । उक्त आर्थिक वर्षमा डिजेल १५ लाख २७३ किलोलिटर र पेट्रोल पाँच लाख १२ हजार ७१२ किलोलिटर आयात भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा १७ लाख १३ हजार ७४५ किलोलिटर डिजेल  आयाच हुँदा पाँच लाख ९१ जहार ४५८ किलोलिटर पेट्रोल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा १७ लाख ५४ हजार ९३३ किलोलिटर डिजेल र सात लाख ३८ हार ५३६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro