site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्