site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजाजले ल्यायो नयाँ वर्षको अफर

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्ष, २०८१ को अवसरमा ‘नव आरम्भ’ नामक अफर सार्वजनिक गरेको छ ।

बजाज नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अफरमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार एवं सुविधा दिने बताएको छ ।

बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउने कम्पनीले जनाएको छ । यसबाहेक विजेताले एक लाख रुपैयाँसम्मको नगद उपहारसमेत जित्न सक्नेछन् ।

ग्राहकले ३६ महिनाको ईएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् । 

यस्तै, ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ वर्षको अवसरमा ग्राहकका लागि यो अफर योजना सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro