site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : नेता महतो

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । उनले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिने उनले दाबी गरे ।

Dabur Nepal
NIC Asia

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए । 

“कम्युनिष्टहरूले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो,” उनले भने, “नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ ।”

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro