site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकबाट नियम, नियमावली, मापदण्डहरू यसै आर्थिक वर्षभित्र तर्जुमा गरी उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिइएको हो ।

उपभोक्ता अदालत गठनमा देखिएका समस्याबारे आउँदो बैठकमा कानुन र उद्योगमन्त्रीसँग थप छलफल गरिने समिति सभापति अब्दुल खानले जानकारी दिए । उनले उपभोक्ता अदालत गठन गर्न कानुनी अड्चन भए समितिलाई जानकारी गराउन पनि निर्देशन दिए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था छ । तर, हालसम्म सो अदालत गठन हुन सकेको छैन ।हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro