site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ : उपप्रधानमन्त्री लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आउँदो मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । ०८१ साल मंसिरमा सो उपनिर्वाचन गर्ने निर्वाचन आयोगको प्रस्तावप्रति इंगित गर्दै उनले त्यसअघि पनि गर्न सकिने धारणा राखेका हुन् ।

आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग उपप्रधानमन्त्री लामिछानेले त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताए । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रस्ताव यसअघिको सरकारसँग आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।

“स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिवली मंसिरमा सकिन्छ कि भन्ने प्रस्ताव आएको छ । त्यसलाई हामीले हेर्छौँ,” उनले भने, “त्यसको अन्य विभिन्न पाटोहरूमा अध्ययन गरेर मलाई लाग्छ, अहिले नै सरकारले घोषणा गर्ने कुरा त होइन, त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्न सक्छौँ जस्तो लाग्छ ।”

उनले थपे, “यसअघि नै मंसिरमा जाने भन्ने कुरा भएको रहेछ । त्यसकारणले मैले अध्ययन गर्न खोजेको छु । केहीअघि पनि गर्न नसकिने होइन । तर, जटिलताहरू होलान्, अध्ययन गर्नुपर्छ । तर, छिट्टै गर्न सकिन्छ ।”

संघ र प्रदेशको उपनिर्वाचन आउँदो वैशाख १५ गते हुँदै छ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro