site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा बाढीका कारण जनजीवन प्रभावित 

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्समा व्यापक वर्षापछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घर खाली गराइएको आपत्कालीन सेवाले जनाएको छ ।

संघीय विपद् व्यवस्थापनमन्त्री क्याथरिन किङले बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पुर्‍याएको बताइन् । “न्यु साउथ वेल्स सरकारले क्षतिको आकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ,” मन्त्री किङले भनिन् ।

आपत्कालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार, उद्धारकर्मीले करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्‍याएका छन् । उनका अनुसार, करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए ।

राज्यका आपत्कालीन आयुक्त कार्लिन योर्कले बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको जानकारी दिए ।

जलवायु परिवर्तनले बाढी, डढेलो र चक्रवातजस्ता प्राकृतिक प्रकोपको जोखिम बढाउँछ भनेर अनुसन्धाताले बारम्बार चेतावनी दिँदै आएका छन् । पछिल्लो डेढ वर्षमा यस क्षेत्रमा सातपटकभन्दा बढी बाढी आएको छ । 

अधिकारीहरूले सफाइ खर्च र आपत्कालीन आवासका निम्ति भुक्तानीमा सहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro