site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई दियो २८५ रनको लक्ष्य 

काठमाडौं । स्टेफन डोहेनीको शतकप्रेरित आयरल्यान्ड वुल्भ्सले अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ सामु २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

आयरल्यान्डका ओपनर डोहेनीले १०७ रन बनाए । उनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पेटर मुरले ४४, म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१ र फियोन ह्यान्डले २० रन थपे । यस्तै, बेन ह्वाइटले १९ र गाभिन होइले १४ रन जोडे । 

नेपालका रिजन ढकाल र रञ्जित कुमारले समान तीन विकेट लिए । विकाश आग्री र साहब आलमले एक–एक विकेट हात पारे ।

यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ रनले र दोस्रो खेलमा ११४ पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro