site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, एकै दिन बढ्यो २९ सय

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि चैत २२ गते बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रुपैयाँले बढेको हो । तेजाबी सुन भने प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य एकै दिन ५५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro