site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा युवा उमेदवार दिएका छौँ : महत
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचन आफ्नो पार्टीले जित्ने जिकिर गरेका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर–२ ले शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले सिंगो पार्टीपंक्ति एकीकृत भए लागे विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जित्न सक्ने बताए ।

प्रवक्ता महतले कांग्रेसका जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उमेदवार बनाएको पनि बताए । उनले बझाङको उपनिर्वाचनमा पनि कांग्रेसले जित हासिल गर्न सक्ने भएकाले एकताबद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

“...डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रूपमा युवा उमेदवार हामीले दिएका छौँ,” उनले भने, “हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिड्ने हो भने हामी निर्वाचन जित्छौँ । त्यस्तै बझाङमा पनि त्यो सम्भव छ ।”

जनताका पक्षमा गरेका कामको प्रचारमा जुट्न उनले पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए । तिलजति काम नगरेकाले पहाडजत्रो प्रचार गरेर हिँड्ने गरेको उनले टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro