site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशस्तरीय हक्की सोमबारदेखि

काठमाडौं । वाग्मती प्रदेश हक्की संघको आयोजनामा प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबार हुने भएको छ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, वाग्मती प्रदेश र गण्डकी प्रदेशको सहभागिता रहनेछ । आर्मीको दुई टोली रहनेछ ।

शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट आधारमा हुने एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro