site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलनका बिरामीलाई कसरी गर्ने प्राथमिक उपचार ?
SkywellSkywell

काठमाडौं । नेपालमा बर्सेनि ६० हजारभन्दा धेरै जलनका घटना हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । सीमित उपचार केन्द्र र प्राथमिक उपचारबारे जानकारी नहुँदा अधिकांश घाइतेको अवस्था गम्भीर हुने गरेको चिकित्सकहरू बताउँछन् ।

जलन भएको २४ घण्टाभित्र पर्याप्त पानी नपाएरै नेपालमा अधिकांश घाइतेको मृत्यु हुने गरेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईको अनुभव छ ।

Dabur Nepal
NIC Asia

आगोसहित कुनै पनि तापयुक्त पदार्थले पोलेको भागबाट मानिसको शरीरलाई चाहिने तरल पदार्थ नास हुँदै जान्छ । जसका कारण छालाको बाहिरी तह हुँदै भित्रसम्मको भाग सुख्खा हुन पुग्छ र बिरामी जटिल अवस्थामा पुग्न सक्छ । 

जलनका घटनामा सुरुमा प्राथमिक उपचार पद्धति अपनाउन जरुरी हुन्छ । डा. राईका अनुसार बिरामीलाई बढीभन्दा बढी पानी दिनु नै मुख्य एवम् महत्त्वपूर्ण उपचार हो । बिरामीको पिसाब सफा नहुन्जेलसम्म प्रशस्त पानी पिलाउनुपर्छ । नसाबाट पानी दिन सके धेरै बिरामीलाई बचाउन सकिन्छ ।

त्यस्तै, भित्रैसम्म जलेमा अत्यधिक रक्तश्राव भएर मुटु, मस्तिष्क तथा अन्य संवेदनशील अंगमा असर पर्न जान्छ । जलेको व्यक्तिको शरीरमा सादा पानी र जीवनजल पानी पिलाएर वा स्लाइनमार्फत २४ घण्टामा १० लिटर पानी दिनुपर्ने हुन्छ ।

यस्तै, एक घण्टासम्म जलेको भागमा पानीले भिजाइरहनुपर्छ । प्राथमिक उपचार केन्द्रसम्म नपुर्‍याउन्जेल बढीभन्दा बढी जीवनजल पानी खुवाउनुपर्छ । लामो समय शरीर सुख्खा हुँदा उनीहरूमा थप जटिलता थपिने र अपांगता हुने सम्भावना बढ्ने डा. राई बताउँछन् ।

जलनका घाइतेका लागि नि:शुल्क टोल फ्री नम्बर १६६००१५१००० को व्यवस्था गरिएको छ । यस नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपायहरूबारे जानकारी लिन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu