site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल र कोरियाका १० पर्वतारोही जुगल हिमाल चढ्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल र दक्षिण कोरियाका १० पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले आरोहण गर्न लागेका हुन् । नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल–१ र ६,५१८ मिटर अग्लो जुगल–२ चढ्न लागेका हुन् । 

नेपाल र दक्षिण कोरियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त  आयोजनामा जुगल हिमाल आरोहण तय भएको पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement