site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार ८४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार ३१८ रुपैयाँ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार ३२२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत ११ करोड ४७ लाख १९ हजार ५४५ र आश्रित परिवार सुरक्षा योजनाबापत १३ करोड २८ लाख १६५ रुपैयाँ भुक्तानी गरेको छ ।

कोषबाट एक लाख ३५ हजार ८४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । 

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार ७९९ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ ।

बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार २२३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार २४३, अनौपचारिक क्षेत्रका २५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा १८ हजार ८१९ रोजगारदता आबद्ध छन् । रासस
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro