site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कारबाही भोगेका इन्स्पेक्टर नै डीएसपी बढुवाको पहिलो र दोस्रो नम्बरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मै कारबाही भोगेका पाँच जनालाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गरेको छ ।

बुधबार प्रहरीको १९ रिक्त डीएसपीका लागि १९ जना इन्स्पेक्टरलाई बढुवा सिफारिस गरिएको थियो । त्यसमध्ये पाँचजना कारबाही भोगेका इन्स्पेक्टर हुन् ।

व्यावसायिक अधिकृतलाई छुटाएर इन्स्पेक्टरमा कारबाही भोगेकाहरू एक नम्बर र दुई नम्बरमा बढुवा भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बढुवाको एक नम्बरमा रहेका निर्मल पनेरू कारबाही भोगेका निरीक्षक हुन् । उनी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओसमेत बसेका थिए ।

त्यस्तै, क्रिषिराम घर्तीमगरसमेत कारबाही भोगेका निरीक्षक हुन् । उनी बढुवाको दोस्रो नम्बरमा छन् ।

Global Ime bank

प्रहरी निरीक्षक हुँदा पनेरू ४७ नम्बर र घर्ती १० नम्बरमा थिए ।

त्यस्तै, कारबाही भोगेकाहरूमा लक्ष्मण ओली र भीषणबाबु राई छन् । त्यस्तै, प्रहरी निरीक्षकको १४१औँ स्थानका कमल कुमार खड्कासमेत बढुवा हुन सफल भएका छन् ।

उनीहरू सबै २०७० चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । ०७० सालको भर्नामा कुल १४४ जना निरीक्षक भर्ना भएका थिए । त्यसमध्ये ४६ जना गएको जेठमा बढुवा भएका थिए । बाँकी ९८ जनामध्येबाट १९ जनालाई बढुवा गरिएको हो ।

त्यो बेला बढुवा गर्दा प्रहरी महानिरीक्षक (आईजीपी)ले कारबाही परेका निरीक्षकको बढुवा नगर्ने मापदण्ड निर्धारण गरेका थिए । तर, यसपालिको बढुवामा भने कारबाही परेका निरीक्षक नै पहिलो र दोस्रो नम्बरमा परेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय