site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छापिँदै
फाइल तस्बिर ।

काठमाडौं । जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छापिने भएको छ । हिजो साँझ परीक्षण प्रिन्टिङ सफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

विभागकै आईटी प्रमुख मुकेश रेग्मीले कार्ड प्रिन्ट नहुने समस्या समाधान भइसकेको जानकारी दिए । “कार्ड सिस्टममा कम्प्याटिबल भइसकेको छ । हिजो परीक्षण गरिएको कार्ड प्रिन्ट भइसकेको छ । आज साँझबाट १२ लाख कार्ड प्रिन्ट सुरु हुन्छ,” आईटी प्रमुख रेग्मीले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ । १२ लाख कार्ड विभागसँग छ । तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ ।

जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरिएको मेसिन छ । कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro