site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बम आक्रमणको चेतावनीपछि नर्वेको संसद् भवन बन्द

काठमाडौं । बम आक्रमणको चेतावनीपछि नर्वेको संसद् भवन बुधबारदेखि बन्द गरिएको छ । मंगलबार साँझ एउटा र बुधबार बिहान बम आक्रमण गर्ने अर्को धम्की आएपछि संसद् बन्द गरिएको राष्ट्रिय प्रसारक एनआरकेले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

प्रहरीले दुई धम्कीका बारेमा अनुसन्धान जारी राखेको जनाएको छ । संसद्‌मा प्रवेश गर्ने सबै प्रवेशद्वार बन्द गरिएको छ ।

बुधबार बिहान १० बजेदेखि भवन वरपरका क्षेत्रलाई पनि घेराबन्दी गरिएको थियो । संसद् भवन वरपरको ट्राफिक प्रवाह र सार्वजनिक यातायात सेवामा उल्लेखनीय समस्या निम्त्याएको छ ।

नर्वेका न्यायमन्त्री एमिली एन्गर मेहलले बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu