site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष 

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । 

राई दम्पतिका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा पाँच लाखको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गरेका हुन् ।  

Dabur Nepal

अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिकरुपमा एकजना उत्कृष्ट विद्यार्थी, सधै विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । 

बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राई दम्पतिका सन्तानले अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो । 

कक्षा–८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro