site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई महिनादेखि नेतृत्वविहीन पर्यटन बोर्ड, नयाँ सीईओ छनोट प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन छ । तत्कालीन सीईओ धनन्जय रेग्मीको कार्यकाल गएको माघ १६ गते सकिएको थियो । त्यसयता बोर्ड नेतृत्वविहीन बनेको हो ।

त्यसअघि माघ २२ गते तीन जना बोर्ड सदस्यको कार्यकाल सकिएको थियो । उपाध्यक्ष चन्द्र रिजाल, सदस्यद्वय कृष्ण साह र निग्मा शेर्पाको कार्यकाल सकिएको थियो । उनीहरूको कार्याकाल सकिएपछि तीन दस्यको पद रिक्त थियो ।

चैत १५ गतेको मन्त्रिपरिषद्ले रिक्त पदमा ऋणराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरिसकेको छ ।

सीईओ छनोटका सरकारले लागि चक्र बुढा, मदन आचार्य र मिलन देवकोटा रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले सीईओ छनोटका लागि कार्यविधि बनाइसकेको एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार कार्यविधिलाई कार्यकारिणी बैठकमा पेस गरिनेछ । कार्यकारिणी समितिले पास गरेपछि कार्यविधि सार्वजनिक गरिने छ ।

“हामी कार्यविधि बनाइसकेका छौँ । त्यो कार्यविधि अब कार्यकारी समितिमा बैठकमा पेस गछौँ । त्यहाँबाट स्वीकृति भएपछि सार्वजनिक गछौँ,” छनोट समितिका एक सदस्यले भने ।

बोर्ड सीईओका लागि आवेदन खुला नहुँदा पनि पूर्व सीईओदेखि पर्यटन व्यवसायीहरूले चासो देखाएको स्रोत बताउँछ । स्रोतका अनुसार पूर्व सीईओहरू दिपक जोसी, प्रवेश अर्याल, हिक्मत सिंह, राजाराम गिरी, ज्ञानेन्द्र राई, कासी भन्दारी, तिलक लामसहितले चासो देखाएका छन् ।

विश्व बजारमा पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङ गर्ने उद्देश्यले २५ वर्ष पहिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बोर्डको स्थापना गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro