site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालगञ्ज कारागारमा कैदीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खजुरा (बाँके) । नेपालगञ्ज कारागारका एक थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजंग शाहले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पुर्पक्षका लागि कारागारमा कैदीको रूपमा रहँदै आएको कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते जोलाह पुर्पक्षका लागि कारागार चलान भएका थिए । रासस

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्