site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रमा अहिले पनि समस्या छ : सांसद न्यौपाने
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले अर्थतन्त्रमा अहिले पनि समस्या कायम रहेको बताएकी छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले अर्थतन्त्रमा रहेको अहिलेको समस्यालाई सत्तापक्ष र प्रतिपक्ष नभनी समाधान गर्नुपर्ने बताइन् । उनले अर्थतन्त्र समस्यामा रहेको कुरा सरकारले पनि स्वीकार गरिरहेको बताइन् । अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले गर्दा मन्दी आउने उल्लेख गर्दै अर्थतन्त्रमा आएको मन्दीलाई हटाउँदै लैजानुपर्ने उल्लेख गरिन् ।

उनले भनिन्, "अहिले अर्थतन्त्र समस्यामा छ, यो कुरा हामी सबैले भनिरहेका छौँ । सरकारले पनि स्वीकार गरिरहेको छ । अर्थतन्त्रमा मन्दी किन आउँछ भन्दा आन्तरिक र बाह्य कारणले गर्दा अर्थतन्त्रमा मन्दी आउँछ, अहिले आन्तरिक र वाह्य एकैसाथ त्यस्तो परिस्थितिले गर्दा अर्थतन्त्रमा समस्या आएको छ ।"

उनले निर्माण कार्यले तीब्रता पाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro