site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवन जिल्ला अदालतमा सुरु भयो माओवादी पूर्वलडाकु खामको बयान

काठमाडौं । पक्राउ परेका माओवादी पूर्वलडाकु कालीबहादुर खामलाई चितवन जिल्ला अदालत पठाइएको छ । मंगलबार काठमाडौंबाट पक्राउ परेका पूर्वी रुकुमका ५० वर्षीय खामलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवन पठाएको थियो ।

चितवन प्रहरीले बुधबार नै खामलाई जिल्ला अदालत पठाएको हो । अदालतमा खामको बयान जारी रहेको चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

खाममाथि १६ वर्ष अघि काठमाडौं कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । श्रेष्ठलाई माओवादी शान्ति प्रक्रियामा आइसकेपछि काठमाडौंबाट अपहरण गरेर माओवादीको तत्कालीन तेस्रो डिजनमा पुर्याएर हत्या गरिएको थियो ।

त्यो बेला खाम डिभिजन कमाण्डर थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu