site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसलाई स्वर्णिमको प्रश्न– जाहेरी पर्नेबित्तिकै राजीनामा दिएर समिति गठन गर्न तयार हो ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णीम वाग्लेले प्रमुख प्रतिपक्षी नेपाली कांग्र्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न निषेध गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भन्दै प्रश्न गरे । 

उनले कांग्रेसले सहकारीको महाकाव्य नै लेख्न बसे जसरी दिनहुँ एउटै कुरा गरिरहेको आरोप लगाए । कांग्रेसले समाधान भन्ने कुरा नगरेको उनको टिप्पणी छ । 

वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको बताए । उनले आरोप लाग्दैमा र जाहेरी पर्दैमा राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो भन्दै कांग्रेसलाई प्रश्न गरे । 

“सर्वदलीय सहमति गरौँ । आरोप लाग्नासाथ राजीनामा गरौँ । मन्त्रीले मात्रै होइन सांसदले पनि राजीनामा गरौँ,” उनले भने, “आरोप लाग्यो र जाहेरी पर्यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ?” 

Global Ime bank

उनले यसमा सर्वदलीय सहमति हुने भए पहिलो हस्ताक्षर रास्वपाले गर्ने बताए । वाग्लेले पहिले गृहमन्त्रीको जवाफ सुन्न आग्रह गरे । 

सहकारी ठगी प्रकरणका जोडिएका लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका लागि कांग्रेसले माग राख्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu