site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै नेपाल

काठमाडौं । नेपाली ‘ए’ क्रिकेट टिमले आज ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ । 

यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । आयरल्यान्ड आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

यता, विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । 

Global Ime bank

आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu