site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अनुगमनको नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व कम उठेपछि सरकारी निकायले व्यवसायीलाई अनावश्यक दुःख दिएको बताएका छन् । उनले मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा सदस्यहरूले अनावश्यक अनुगमन बढेको जानकारी दिएको बताएका हुन् ।

पछिल्ला दिनमा अनावश्यक अनुगमन बढेको सदस्यहरूबाट गुनासो महासंघमा परेको ढकालले मन्त्री पुनलाई बताए । सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए ।

जवाफमा अर्थमन्त्री पुनले यो विषयलाई गम्भीरतापूर्वक हेर्ने बताए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सँधै तत्पर रहेको बताए । मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख नदिने पनि आश्वासन दिएको बताइएको छ ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro