site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
...अनि देउवासँग गगनले भने– भेषराजलाई टिकट नदिए हारिन्छ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम–२ मा भेषराज आर्चायलाई उमेदवार नबनाए चुनाव हारिने बताएका छन् ।

मंगलबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवासँग आचार्यलाई जिताउने जिम्मा आफूहरूको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापतिले अडान नछाडेपछि थापाले डम्बर खड्कालाई उमेदवार बनाए चुनाव हारिने बताएका थिए ।

"डम्बरलाई दिए चुनाव हार्छ, सभापतिज्यू । दोष तपाईंको थापलामा आउँछ, चुनाव पनि हारिन्छ । भेषराजलाई दिए जिताउने जिम्मा हाम्रो हुन्छ, तपाईंको थापलामा आउँदैन । तर, भेषराजलाई टिकट दिँदा डम्बरको पनि चित्त बुझाएर चुनाव जिताउनुपर्छ । एक भएर चुनाव लड्नुपर्छ," उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

Global Ime bank

आजको बैठकमा महामन्त्री थापा कडारूपमा प्रस्तुत नभएको भए खड्काले आजै टिकट पाउन सक्ने ती नेता बताउँछन् ।

"यदि गगनजी अलिकति नरम भएको भए डम्बरले टिकट लाने थिए, आजै । उहाँ अन्तिमसम्म रहनुभयो र भेषराजका लागि लड्नुभयो । अरू नेता कुरा राख्दै निस्किए । खास कुरा यो हो," ती नेताले भने ।

आजको बैठकमा सहमति हुन नसकेपछि भोलि फेरि बैठक बस्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय