site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल इन्भेस्टमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को साधारण सभा सम्पन्न गरेको छ । बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आफ्नो ३७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल बैंकले २९६ शाखा, २८२ एटीएम, १६ राजस्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्