site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर र शशांकले बैठक बहिष्कार गरेपछि रोकिए देउवा : उमेदवार चयन गर्न बुधबार बैठक

काठमाडौं । इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि उमेदवार चयन गर्न कांग्रेसलाई समस्या भएको छ । उमेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा बैठक दैनिक सरिरहेको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । इलाम–२ को उमेदवारमा जिल्ला सभापति डम्बर खड्काको पक्षमा अडान लिएका सभापति देउवा, डा. शेखर कोइराला र शशांक कोइरालाले बैठक बहिष्कार गरेपछि रोकिएका हुन् ।

शेखरले इलामबाट भेषराज आचार्यले जित्ने रिपोर्ट आएको भन्दै अरुलाई दिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिँदै बैठकबाट बाहिरिएका थिए । लगत्तै शेखरको भनाइमा सहमति जनाउँदै शशांक पनि बैठकबाट बाहिरिएका थिए । त्यसको केही बेरमा सभापति देउवाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोइरालाद्वयले इलामको रिर्पाेटिङअनुसार जित्ने उमेदवार भेषराज भएको भन्दै उनलाई टिकट नदिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिएर बैठकबाट बाहिरिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu