site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवार छान्ने विषयमा कांग्रेसमा विवाद, शेखर र शशांक बैठकबाट बाहिरिए

काठमाडौं । इलाम र बझाङको उमेदवारको टुंगो लगाउन बसेको नेपाली कांंग्रेसको बैठकमा विवाद भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले इलामका सभापति डम्बर खड्कालाई उमेदवार बनाउने अडान राखेपछि शेखर कोइरालाले स्थानीयको सुझाव छाडेर निर्णय लिन नहुने बताएका छन् । उनले निकटतामात्रै हेरेर निर्णय लिने भए हार र जितका जिम्मा लिनुपर्ने चुनौती दिएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सुरुमा महामन्त्री गगन थापाले सभापति र उपसभापतिसँग छलफल गरेका थिए । तर, उनीहरूले अडान नछाडेपछि महानमन्त्री थापाले शेखरलाई देउवा र खड्कासँग संवाद गर्न आग्रह गरेका थिए ।

संवादका क्रममा शेखरले स्थानीयको चाहनालाई बेवास्ता गरे पार्टीलाई दुर्घटनामा पुर्‍याउने चेतावनी दिएका थिए । 

शेखरले इलाम–२ मा भेषराज आचार्यलाई उमेदवार बनाउनुपर्ने अडान लिएका छन् ।

“इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठिक छ, होइन भने जित हारको जिम्मा तपाईं नै लिनुस्,” शेखरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने ।

शेखरको भनाइमा पूर्वमहामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाएका थिए । “शेखर दाइले भनेको कुरामा मेरो पनि सहमति हो,” यति भनेर दुवै नेता बैठकबाट बाहिरिएका थिए ।

बझाङको प्रदेशसभा उमेदवारका विषयमा पनि कांग्रेस बैठकमा विमति भएको छ । बैठकमा सहभागी ती नेताका अनुसार पार्टीको निर्णयविपरीत बझाङमा टिकट दिन लागिएको भन्दै शेखरले असहमति जनाएका थिए ।

“पार्टीले निर्णय गरेको छ । हारेको व्यक्तिलाई टिकेट नदिने भनेर,” नेता शेखरको भनाइ उद्धृत गर्दै ती नेताले भने, “फेरि तपाईंहरू हारेकोलाई बझाङमा टिकट दिन खोज्दै हुनुहुन्छ । के गर्न खोजेको ?”

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro