site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रश्न उठेका रास्वपाका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद यादव
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सहकारी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी छन् । 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले कांग्रेसले आगामी दिनमा नैतिकताको पाठ पढाउने र जिम्मेवार हुन आग्रह गर्ने बताइन् । उनले प्रश्न उठेकाहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइन् । कांग्रेस राजीनामाको मागबाट पछि नहटेको पनि बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनिन्, "कांग्रेसले मन्त्रीहरूलाई नैतिकता देखाउन आग्रह गरेको छ । नैतिकताको पाठ पढाउँदै आफू नैतिकवान हुनुस् र जुन प्रश्न उठेको छ, त्यो अनुसार यहाँहरूले राजीनामा दिनुपर्छ भन्नेतिर नै कांग्रेस जान्छ । हामी सबै सूचकांकबाट नेगेटिभतिर गइरहेका छौँ । त्यस्ता कुरालाई मध्यनजर गरेर हामी सदनलाई रोकेर देशका कुनै काम अघि बढ्न नदिने भनेको राम्रो होइन, त्यसैले सदन चलाउँदै नराम्रा कामको विरोधमा छौँ । जनताको मर्म र देशको परिस्थितिलाई मध्यनजर गरेर काम कारबाहीलाई अघि बढाउँदै जानुपर्छ ।"

उनले जनताको मर्म र देशको परिस्थितिलाई मध्यनजर गरेर काम कारबाहीलाई अघि बढाउन आवश्यक रहेको जिकिर गरिन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय