site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्कग्निटो मोडबाट संकलित प्रयोगकर्ताको विवरण हटाउँदै गुगल

काठमाडौं । गुगलले इन्कग्निटो मोडबाट ट्रयाक गरिएका कैयौँ प्रयोगकर्ताको अरबौँ रेकर्ड एक कानुनी सम्झौताको सर्तअनुसार हटाउने भएको छ । इन्कग्निटो मोडमा प्रयोगकर्ताको विवरण ट्रयाक गर्न सक्ने विषयमा पनि कम्पनीले प्रतिबन्ध लगाउने भएको छ ।

गुगलले सुरक्षित र ब्राउजिङ गतिविधि सेभ नगर्ने भनेको इन्कग्निटो मोडबाटै प्रयोगकर्ताको डाटा संकलन गरेको थियो । प्रयोगकर्ताको गोपनीयतामाथि ‘आक्रमण’पछि गुगलविरुद्ध सन् २०२० मा दायर मुद्दा समाधानका क्रममा यो सम्झौता भएको हो ।

Dabur Nepal
NIC Asia

उक्त मुद्दामा पाँच अर्ब डलर क्षतिपूर्ति माग गरिएको थियो । गुगलले सम्झौतालाई समर्थन गरेको छ ।

कम्पनीले अहिले इन्कग्निटो मोडमा थर्ड पार्टी कुकी ब्लक गर्ने भनेको छ । गएको जनवरीमा मुद्दा समाधानका निम्ति दुवै पक्षले काम थालेपछि गुगलले इन्कग्निटो मोडबाट समेत प्रयोगकर्ताको डेटा ट्रयाक हुन सक्ने चेतावनी दिएको थियो । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro