site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग लिडर इन्टरको सहज जित

काठमाडौं । इटालियन सिरी ‘ए’मा लिग लिडर इन्टर मिलानले इम्पोलीमाथि २–० को जित निकालेको छ । सोमबार घरेलु मैदान सान सिरोमा इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को र एलेक्सिस सान्चेजले गोल गरे ।

खेलको पाँचौँ मिनेटमा डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । उनले अलेसेन्ड्रो बास्टोनी पासलाई पोस्टको दिशा दिएका हुन् ।

Dabur Nepal
NIC Asia

सान्चेनले ८१औँ मिनेटमा गोल गर्दै इन्टरलाई २–० को अग्रतामा राखे । उनले डेन्जेल डम्फ्रिजले उपलब्ध गराएको बललाई जाली चुमाएका थिए । यसपछि थप गोल भएन । इन्टरले तीन अंक निश्चित गर्‍यो ।

जितसँगै तालिकाको शीर्ष स्थानमा आसीन इन्टरले ३० खेलबाट ७९ अंक जोडेको छ । रेलिगेसन क्षेत्रमा संघर्षरत इम्पोली समान खेलबाट २५ अंकसहित १८औँ स्थानमा छ । इम्पोली रेलिगेसन क्षेत्रभन्दा माथि रहेको फ्रोसिनोनभन्दा गोल आधारमा पछाडि छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro