
काठमाडौं । भीजी इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा ‘सानदार नयाँ वर्ष २०८१’ अफर ल्याएको छ । नयाँ वर्ष २०८१ को अवसरमा हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष तथा आकर्षक अफर ल्याएको हो । जीडब्लूएमका मोडेलहरूमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले उल्लेखनीय लाभ पाउने कम्पनीले जनाएको छ ।
ओरा ०३ ईभीमा नगद छुट, फ्री एसेसरिज, एक वर्षसम्मको बिमा र फास्ट चार्जरसहित पाँच लाख रुपैयाँसम्मको फाइदा पाउनेछन् । हाभलका एच् सिक्स, र जोलायनमा आठ लाख ५० हजार रुपैयाँसम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिज, पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् ।
ओरा ०३ ईभी : पाँच लाखसम्मको फाइदा
यो नयाँ वर्ष इलेक्ट्रिक गाडी उत्साहीहरूले जीडब्लूएमको प्रिमियम ईभी ओरा ०३ मा पाँच लाख रुपैयाँसम्मको फाइदाको साथ फ्री एसेसरिज, नगद छुट, एक वर्षसम्मको बिमा, एक्सचेन्ज बोनसको सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले यसको स्टाइल र लक्जरीको साथ, निःशुल्क ६ किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा आठ वर्षसम्म एक लाख ५० हजार किमी वारेन्टीलगायत सुविधा रहेको छ ।
हाभल एच सिक्स, र जोलायन : आठ लाख ५० लाखसम्मको फाइदा
हाभल– एच् सिक्स, र जोलायनमा ग्राहकहरूले पावर र लक्जरी मिश्रणको अनुभव लिई आठ लाख ५० हजार रुपैयाँसम्मका फाइदाहरू लिन सक्नेछन् । साथै, नगद छुट, एकवर्षसम्मको बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिज जस्ता सुविधा छन् ।
पावर : १० लाखसम्मको फाइदा
जीडब्लूएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख रुपैयाँसम्मको फाइदा लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, सुरक्षा सुविधा र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।