site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आरिफको आक्रामक ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई दियो २१४ रनको लक्ष्य 

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए । उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे । आरिफले ३३–३ को स्थितिबाट बसिर अहमेदसँग चौथो विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । बसिरले स्कोरबोर्डमा १९ रन थपे । 

नवौँ नम्बरमा ब्याटिङमा लागि आएका कमलसिंह ऐरीले आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेपछि नेपालले २०० रनको आँकडा पार गरेको हो । आरिफसँगै अविजित रहेका कमलले सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । यसबाहेक, राशिद खानले २४, पवन सर्राफले १३, र कप्तान विनोद भण्डारीले ११ रन बनाए । 

आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए । गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक विकेट लिए ।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोदको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro