site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ले एकै ओभरमा दुई विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले १४.१ ओभरमा पवन सर्राफ र सोही ओभरको तेस्रो बलमा नारायण जोशीलाई गुमाएको हो । पवनले टिमको खातामा १३ रन थप्दा जोशीले एक रन जोडे । 

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको १५ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १२९ रन बनाएको छ । 

यसअघिका दुई खेलमा घरेलु टिमलाई हराउँदै वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

Global Ime bank

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला आउँदो बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो म्याच आइतबार हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement