site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोरोनापछि पर्यटक आगमनमा ‘रेकर्ड’ : एकै महिनामा एक लाख २८ हजार भित्रिए
फाइल तस्बिर ।

काठमाडौं । कारोना महामारीपछि पर्यटक आगमनमा सुधार देखिएको छ । कोरोनापछि सन् २०२४ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएको 'रेकर्ड' बनेको छ । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मार्चमा एक लाख २८ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१८ को नोभेम्बरमा एक लाख ४७ हजार ८५९ पर्यटक नेपाल भित्रिएका थिए । तर, विश्वभरी नै कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएको थियो । 

Dabur Nepal
NIC Asia

मार्चमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । मार्चमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । 

दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२ हजार ९३ जनाले नेपाल भ्रमण गरेका छन् । तेस्रो स्थानमा रहेका यूएसएबाट १० हजार ७६३, चौथो स्थानमा रहेको यूकेबाट सात हजार २४१ पर्यटक नेपाल आएका छन् । 

श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट चार हजार २५५, थाइल्यान्डबाट चार हजार ५६७, अस्ट्रेलियाबाट चार हजार ३४५ फ्रन्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ पर्यटक नेपाल आएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro