जेरुसेलम । इजरायलमा एक महिनाको अवधिमा चौथोपटक इन्धनको मूल्य बढाइएको छ । इजरायलको ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्यमार्फत सोमबारदेखि लागु हुने गरी इन्धनको मूल्य २.०९ अमेरिकी डलरले वृद्धि गरेको हो ।
गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले मूल्य वृद्धि भएको छ भने सन् २०२२ जुलाई पछिको उच्चतम स्तरमा पुगेको छ ।
मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत इन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो ।
सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्त्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । यसले जारी द्वन्द्वको बीचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ ।
सिन्ह्वाबाट ।