site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच अर्ब बिगोसहित कोटिभिटीविरुद्ध १० अर्बको कर छली मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ ।

अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीले उसको नेपाली कम्पनीलाई अफसोर डेभलपमेन्ट सेन्टर भनेको छ ।

कोटिभिटी नेपालले तीन तरिकाले कर छली गरेको पाइएकको दाबीसहित विभागले आइतबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

“कम्पनीले प्रचलित कर कानुनबमोजिम तिर्नु/बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको हो,” विभागले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

कसरी गर्‍यो कर छली?

कम्पनीले पटकपटक स्वामित्व परिवर्तन हुँदा पुँजीगत लाभ कर नतिरेको पाइएको राजस्व अनुसन्धान विभागले बताएको छ ।

भ्याट छुट नपाउने निर्यातमा भ्याट छुट लिएर पनि कम्पनीले कर छली गरेको विभागको भनाइ छ ।

भ्याट फिर्ता नपाउने कारोबारमा पनि कोटिभिटी नेपालले भ्याट फिर्ता लिएको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार कम्पनीले भ्याट नै नतिरेको अवस्था भ्याट रिफन्ड लिएको छ ।

कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड बिगोदाबी र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro