site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिथ्या आरोपका भरमा छानबिन समिति बन्दैन भन्ने कांग्रेसलाई राम्रोसँग थाहा छ : सन्तोष परियार
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

कांग्रेसलाई संसदीय छानिबन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि सदनमा अवरोध गर्ने काम गरिएको उनले उल्लेख गरे । उनले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन कांग्रेसले सदनमा मौका दिनुपर्ने बताए ।

उनले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा कांग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुनेमा जोड दिए । गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको उनको जिकिर छ ।

आफूमाथि उठाइएका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro