site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीलाई भेटेर धरान उपमहानगर प्रमुखले माग गरे प्रहरी कार्यालय भवन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

आइतबार गृहमन्त्री लामिछानेलाई भेट्न प्रमुख साम्पाङ गृह मन्त्रालयमा पुगेका थिए । भेटका क्रममा साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको गुनासो पोखे ।

उनले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका निम्ति पर्याप्त साधन–स्रोतको माग गरेको गृहमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई प्रमुख साम्पाङको सुझाव समेत दिए ।

प्रहरीलाई ‘आमनागरिकलाई भर ः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro