site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न सांसदको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा लापरबाही  गर्नेलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् ।

उनले आइतबारको प्रतिनिधिसभा बैठकमा गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशित भएको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“उनीहरूको नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको छ,” उनले भनिन् । 

भट्टराईले १८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन् । यसप्रकारको चरम लापरबाही गर्ने व्यक्तिलाई तुरुन्त कारबाही गर्नुपर्ने माग उनको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement