site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा हात्तीको आक्रमणबाट पाँच महिनामा ६ जनाको मृत्यु
झापामा हात्तीले पुर्‍याएको क्षति । फाइल तस्बिर ।

झापा । दैनिकजसो हुल बाँधेर आउने जंगली  हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मंसिरदेखि चैत १७ गतेसम्म जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

हात्तीले जंगलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरूलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जंगली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उनले जानकारी दिए ।

एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन् । हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताए ।

जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ । जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जंगली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जंगली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जंगली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro