site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको पुरस्कार राशि २० लाख

काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को साताको शनिबार हुनेछ । फेस्टिबल चैत २३ र २४ गते हुनेछ ।

फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ ।

पिस म्याराथनको कुल पुरस्कार राशि १९ लाख १५ हजार रुपैयाँ रहेको छ । दौडमा पुरुष म्याराथनसँगै महिला हाफ म्याराथन, पाँच किलोमिटर खुला दौड पुरुष र महिला तथा पाँच किलोमिटर स्कुल ब्वाइज र गर्ल्सको पनि प्रतिस्पर्धा हुनेछ ।

म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पुरुष म्याराथनमा पहिलो हुनेले पाँच लाख, दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, चौथोले एक लाख, पाँचौँले ८० हजार र छैटौँले ६० हजार रुपैयाँ हात पार्नेछ । सातौँदेखि दसौँ स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

महिला हाफ म्याराथनतर्फ पहिलोले दुई लाख, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैयाँ जित्नेछन् । पाँच किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैया प्रदान गरिनेछ ।

यस्तै, पाँच किलोमिटर स्कुल ब्वाइज र गर्ल्समा पनि शीर्ष तीन स्थानमा आउनेलाई १५ हजार, १० हजार र पाँच हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ । फेस्टिबल नेपाल टुरिजम बोर्ड, नेपालस्थिति चिनिया दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro