खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ ले शतक बनाएका लोकेश बमलाई चौथो विकेटको रूपमा गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५.६ ओभरमा बमलाई गुमाएको हो । लोकेशले टिमको खातामा १०६ रन थपे ।
जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १८९ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्