खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटम मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ५२ बलमा आठ चौका र आठ छक्कासहित १०० रन पूरा गरे । नेपाल ‘ए’ बाट ट्वान्टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा–११ सँग खेल्दा एकदिवसीय क्रिकेटमा अनिल साहले शतक बनाएका थिए ।
जारी खेलेको १५.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर १८३ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारि २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १६:०९
प्रतिक्रिया दिनुहोस्