site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई चौथो सफलता, कमलले लिए दोस्रो विकेट

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई चौथो सफलता दिलाएका छन् । कमलले वुल्भ्सका स्टेफन डोहेनीलाई १४.४ ओभरमा पभेलिएको दिशा देखाए ।

चोटका कारण दुई वर्ष मैदानबाट बाहिर रहेको कमलले सानदार पुनरागमन गरेको हो । जारी खेलमा कमलले लिएको यो दोस्रो विकेट हो । यसअघि कमलले इनिङको दोस्रो बलमा वुल्भ्सका रस अडायरलाई पभेलियनको दिशा देखाए । 

Dabur Nepal
NIC Asia

कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन) मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभर नै बलिङ गर्ने अवसर पाएका थिए ।

खेलमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १५ ओभरको समाप्तिमा चार विकेट गुमाएर १४९ रन बनाएको छ ।

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो ।

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro