site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाइमाथि खुकुरी प्रहार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । मनहरी गाउँपालिका–३, हाँडीखोलाका २६ वर्षीय कृष्ण तामाङ बलले आफ्नो दाइमाथि खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट २८ वर्षीय कप्तान तामाङ बलको छाती, पेट र कुममा चोट लागेको छ । बिहीबार (हिजो) राति करिब ९ बजे कृष्णले कप्तानमाथि खुकुरी प्रहार गरेका थिए ।

मकवानपुरकै चुरेहिल अस्पतालमा उनको सामान्य उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

खुकुरी प्रहार गर्ने कृष्ण प्रहरीको नियन्त्रणमा छन् । के कारणले घटना भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro