site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटन बोर्डमा तीन सदस्य मनोनीत, लम्साल सचिवमा बढुवा
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा मनोनयन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट तीन सदस्य मनोनयन गरिएको हो ।

ती पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जानकारी गराएको छ ।

रिक्त रहेको सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकबाट गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्