site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुमन्त्रीसामु कप्तान रोहितको गुनासो– सरकारले तोकेको पुरस्कार अझै पूरा पाएनौँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अझै पूरा नपाएको भन्दै गुनासो गरेका छन् ।

भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसामु आफूहरूले सरकारबाट घोषित पुरस्कार अझै पूरा पाइनसकेको बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“एउटा अनुरोध छ । सरकारले हामीलाई पुरस्कार तोकेको थियो, तर हामीले अझै पनि ५०–६० प्रतिशतभन्दा धेरै पाएका छैनौँ, खेलकुदमन्त्रीले यसमा हेर्नुहुनेछ भन्ने विश्वास छ मलाई,” कप्तान रोहितले भने, “हामी तयार छौँ अहिले । भर्खरै हामीले आयरल्यान्ड ‘ए’सँग पनि गेम खेल्यौँ । एसीसी प्रिमियर कपअघि हामी भारतमा खेल्दै छौँ । उहाँहरूको टिम एकदम बलियो छ । एसीसी प्रिमियर कपको महत्त्व हामीलाई थाहा छ । यो अवसरलाई सम्मान गरेर खेल्नेछौँ । हामी पूरा टिमलाई त्यहाँबाट ठूलो नतिजा लिएर आउँछौँ भन्ने विश्वास छ ।”

भारतमा नेपालले गुजरात र बरोडासँग त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नेछ । तालिकाअनुसार, नेपालले बरोडा र गुजरातका टिमसँग मार्च ३१ देखि अप्रिल ७ सम्म शृंखला खेल्नेछ । नेपालले मार्च ३१ मा गुजरातसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ ।

नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ ।

शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल भारतका वापीमा हुनेछ । भारत भ्रमणअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्सँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro