site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

Argakhachi Cement Island Ad

तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्